११ बैशाख २०८१, मंगलवार
कोहलपुरका कोरोना संक्रमितको मृत्यु

  • टाइम्स संवाददाता

  • ६ बैशाख २०७८, सोमबार १७:४१

बाँकेमा होमआइसोलेसनमा बसेका एकजना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय संक्रमित पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । उनलाई आइतवार संक्रमण पुष्टि भएको थियो । उनी दीर्घरोगीका विरामी थिए । भारतमा उपचार गरेर उनी बैशाख ४ गते शनिवार घर फर्किएका थिए । स्वास्थ्यमा सुधार नआएपछि आइतवार नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कोरोना परिक्षण गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आयो । परिवारकै आग्रहमा उनलाई होम आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

Nabintech