१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरका व्यवसायीद्धारा विरोध प्रर्दशन, कर तिर्ने समय थप गर्ने माग

  • टाइम्स संवाददाता

  • ४ असार २०७८, शुक्रबार १६:४९

बाँकेको कोहलपुरमा व्यापार व्यवसायी संचालन गर्दै आईरहेका व्यवसायीहरुले राज्यलाई बुझाउनुपर्ने नेपाल सरकारको राजश्व असार २५ गते सम्म राजश्व दाखिला अनिर्वाय गरेको भन्दै विरोध प्रर्दशन गरेका छन् । कोहलपुरका व्यापारीहरुले कोरोना कारण तत्काल राजश्व तिर्न सक्ने अवस्था नभएका कारण असोज मसान्त सम्म समयसिमा तोक्नुपर्ने माग सहित विरोध प्रर्दशन गरेका छन् । कोहलपुरको न्यूरोडबाट निकालिएको विरोध ¥याली मुख्याबजार, साँझचोक हुँदै इलाका प्रहरी कार्यालय कोहलपुरको अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले राज्यले सबै क्षेत्रका मानिसलाई कोरोनाको खोप उपलब्ध गराएपनि उद्योगि व्यवसायीहरुलाई हालसम्म खोप उपलब्ध नगराएको भन्दै खोप उपलब्ध गराउनुपर्ने माग गरेकी छिन ।  सो कोण सभामा बोल्दै कोहलपुरका उद्योगि देवानन्द अर्यालले नेपालका उद्योगि व्यवसायीहरुलाई राज्यले कोरोनाको खोप उपलब्ध गराए तत्काल कर दिर्ने बताएका छन् । साथै राज्यले व्यवसायीहरुबाट कर उठाएर लिने तर व्यापारीहरुलाई कोरोनाको खोप उपलब्ध नगराएको भन्दै खोप तत्काल उपलब्ध गराउने अनुरोध समेत गरेका छन् ।
साथै नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति, होटल व्यवसायी संघ बाँके, कोहलपुर हार्डवेयर व्यवसायी संघ, जनसेवा यातायात प्रा.लि., कोहलपुर अटो एसोसिएसनबाँके, बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ कोहलपुर, मध्य तथा सुदुरपश्चिम सुनचाँदी गहना व्यवसायी संघ कोहलपुर, होटल अर्गनाईजेशन नेपाल लगायतले पाँच बुँदे ध्याकार्षण बाँकेका प्रमुख जिल्ला अधिकारी माफर्त नेपाल सरकारलाई बुझाएका छन् । राज्यलाई बुझाउनुपर्ने नेपाल सरकारको राजश्व असार मसान्त २५ गते सम्म रावश्व दाखिला अनिर्वाय गरिएकोमा यस विषय परिस्थितिमा राजश्व दाखिला गर्न उद्योगि व्यवसायीमा कठिनाई पर्न जाने हुँदा उक्त असार २५ गतेको म्याद थप गरी असोज मसान्त थप गर्नुपर्ने, उद्योग व्यवसायमा लगानी रहेको बैंक तथा वित्तिय संस्थाको ब्याज बन्दाबन्दी खुलेको ३ महिनासम्ममा भुक्तानी गर्ने गरी समयान्तर गरिनुपर्ने, उद्योग व्यवसाय संचालन रहेको घर तथा जग्गा भाडा दुवै पक्षलाई मर्का नपर्ने गरी ५० प्रतिशत मिनाहका लागि पहल गर्नुपर्ने, स्थानिय निकायमा लाग्ने घर बहाल घर तथा व्यवसाय कर छुट गर्नुपर्ने, जोखिम कम गर्न उद्योगी तथा व्यवसायीलाई खोपको व्यवस्था गरी लकडाउन खुकुल्लो गर्नुपर्ने लगायतका माग सहित प्रमुख जिल्ला अधिकारी माफर्त नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् ।

Nabintech