७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा अनेरास्ववियूद्धारा विरोद्ध प्रर्दशन

  • टाइम्स संवाददाता

  • ३ भाद्र २०७८, बिहीबार १८:५९

बाँकेको कोहलपुरमा अनेरास्ववियूले सरकाले ल्याएको दल विभाजन अध्यादेशको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पस अगाडि सरकारका विरुद्ध प्रर्दशन गरिएको हो । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कोहलपुर नगर कमिटिले आयोजना गरेको कार्यक्रममा बोल्दै अनेरास्ववियूका केन्द्रीय सदस्य सुमन घिमिरेले परमादेशबाट बनेको गठबन्धनको सरकारले नेपालमा राजनैतिक अस्थिरता ल्याउन खोजेको बताएका छन् । साथै उनले एमाले पार्टी एकतावद्ध भएकोले पार्टीबाट केहि व्यक्तिहरु गएको बताएका छन् ।

प्रर्दशनका क्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य टोपराज जैसीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर छोडेको छ । साथै उनले राजनैतिक अपराधिहरुका विरुद्ध आन्दोलन जारी राख्ने भन्दै वर्तमान सरकारका असंवैधानिक कदमका विरुद्ध सबै विद्यार्थीहरु एक हुन आवश्यक रहेको बताएका छन् ।

त्यस्तै सरकारले राजनीतिक दल सम्बन्धी ल्याएको अध्यादेश विरुद्ध बाँकेमा राष्ट्रिय युवा नेपाल र अनेस्ववियु बाँकेले नेपालगञ्जमा पनि विरोद्ध प्रदर्शन गरेको छ । जारी अध्यादेशले २० प्रतिशत संख्याले दल विभाजन गरी अर्को दल बनाउन सकिने दल विभाजन गर्न सक्ने छन।

 

Nabintech