८ बैशाख २०८१, शनिबार
कोहलपुरमा एक वृद्धा महिलाको हत्या

  • टाइम्स संवाददाता

  • ३ श्रावण २०७८, आईतवार १३:००

बाँकेको कोहलपुरमा एक वृद्धा महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ की ८२ वर्षिया एक वृद्धा महिलाकोहत्या भएको छ । गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार धाराको ह्याण्डीलले टाउकोमा हानेर कार्कीको हत्या भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । आफ्नै ओछ्यानमा सुतिरहेको अवस्थामा कार्कीको हत्या गरी हत्याराले उनको साथमा रहेको गरगहना र केही नगद समेत लगेर गएको खनालले बताए । यद्यपी के कारणले हत्या गरीएको भन्ने बारे अझैं खुल्न नसकेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको खनालले जानकारी दिए भने घटनाको अनुसन्धानका लागि स्थानिय तीन जना यूवाहरुलाई प्रहरीले प्रक्राउ गरेको छ। मृतक कार्की माओवादी केन्द्रका युवा संगठन वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा रहेको खुल्न आएको छ । कार्कीको शव पोष्टमाटमकालागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।

Nabintech