६ बैशाख २०८१, बिहीबार
कोहलपुरमा एक सय २७ जनाको स्वाब संकलन

  • टाइम्स संवाददाता

  • १८ बैशाख २०७८, शनिबार १९:०३

बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबारदेखि नगरसभा हलमा संचालनमा आएको पिसिआर परिक्षण गर्नका लागि स्वाब संकलनमा शुक्रबार ६१ जना र शनिबार ६६ जना गरी एक सय २७ को स्वाब संकलन गरिएको छ । पछिल्लो समयमा कोहलपुर नगरपालिका भित्र कोरोना संक्रमिण दरमा वृद्धि भएसँगै कोहलपुर नगरपालिकाले निःशूल्क स्वाब संकलन गरिरहेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका कोरोना सम्पर्क व्यक्ति गेहराज खनालले बताएका छन् । साथै उनले कोरोना संक्रमण भएका नागरिकहरुको कंट्याक टे«सिङमा परेका नागरिकहरुको निःशूल्क रुपमा पिसीआर परिक्षणका लागि स्वाब संकलन गरिएको बताएका छन् । कोहलपुर नगरपालिकामा हाल सम्म १६ सय ९२ जना कोरोना भाईरसबाट संक्रमित भएका छन् भने हाल कृषि विकास तालिम केन्द्रमा रहेको आईसोलेशनमा २ जना, कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको अस्थाई कोभिड अस्पतालमा ९ जना र होम आईसोलेनसमा ६ सय ११ ले स्वास्थ्य लाभ लिईरहेका छन् । कोरोना भाईरसका कारण हालसम्म कोहलपुर नगरपालिकामा २२ जनाको निधन भएको छ भने माघ १० गतदेखि यता १२ जनाले कोरोनाकै कारण आफ्नो ज्यान गुमाएका छन् । कोहलपुर नगरपालिकाले कोभिड अस्थाई अस्पतालमा २५ शैयाको बेड निर्माण गरेको र पिपरी रहेको कृषि विकास तालिम केन्द्रमा ५० बेडको आईसोलेसन सहितको बेड निर्माण गरेको छ ।

Nabintech