७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा कोरोना भाइरस नियन्त्रणका लागि ठोस कदम लिनुपर्ने सुझाव

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०७८, मंगलवार १६:५१

बाँकेको कोहलपुरमा पछिल्लो समय कोरोना भाईरसका संक्रमितहरुको संख्यामा वृद्धि भएसँगै कोहलपुरमा कोरोना भाईरसको निइन्त्रणकालागि ठोस कदम लिनुपर्ने सरोकारवाला निकायले सुझाव दिएका छन् । कोहलपुरमा आज भएको सलफलमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको छलफलमा कोहलपुरमा कोरोना भाईरसको अवस्था भयावह अवस्था आउन सक्ने भन्दै तत्काल कोरोना भाईरसको नियन्त्रयणका लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना भाईरसको संक्रमण कोहलपुरमा सामुदाय स्तरमा फैलिएको अवस्थामा पुगेको बताउँदै समयमै सचेत हुनुपर्ने बताएका छन् । साथै उनले स्थानिय तहले कोरोना भाईरसको नियन्त्रणका लागि विशेष नीति लिन आवश्यक रहेको बताउँदै कोहलपुर नगरपालिकमा पछिल्लो समय संक्रमितहरुको संख्या वृद्धि भईरहेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख बहादुर रावतले कोरोना भाईरसका संक्रमित विरामीहरुको संख्या कोहलपुर नगर भित्र धेरै रहेकाले कोरोना भाईरसको नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्न आग्रह गरेका छन् । साथै उनले वडाबाट कोरोना संक्रमितको विवरण तत्काल वडाले दिनुपर्ने र आम नागरिकहरुले कोरोना भाईरसबाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्ड पालना गर्नुपर्ने बताएका छन् । साथै कार्यक्रममा वडा अध्यक्षहरुले कोरोना भाईरसको अवस्था भयावह हुनसक्ने भन्दै समयमै नियन्त्रणका लागि पहल गर्न सुझाव दिँदै आवश्यक रणनीति बनाउन अनुरोध समेत गरेका छन् । साथै कार्यक्रममा स्थानिय सरकारलाई जनचेतनाका लागि माईकिङ गर्न, मास्क वितरण गर्न, भिडभाडजन्य गतविभि बन्द गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पालना नगरे आवश्कय कारवाही गर्न सुझाव समेत दिईएको छ ।

Nabintech