१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरमा नेपाल शिक्षक महासंघद्धारा रिले अनसन

  • टाइम्स संवाददाता

  • १५ श्रावण २०७८, शुक्रबार १४:४५

बाँकेका कोहलपुरमा नेपाल शिक्षक महासंघ कोहलपुरले रिले अनसन गरेको छ । नेपाल शिक्षक महासंघको केन्द्रिय कार्यक्रम अन्तर्गत कोहलपुरमा रिले अनसन बसेकोहो । नेपाल शिक्षक महासंघले आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन रिले अनसन बसेको नेपाल शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाईले बताएका छन् । विगतमा सरकार र नेपला शिक्षक महासंघ बिच गरिएका सम्झौताहरु कार्यान्वनका लागि रिले अनसन बसिएको भन्दै केपि शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सम्झौताहरुलाई शेर बहादुर देउवा नेतृत्वको सरकारले पुरा गर्नुपर्ने माग सहि गत बैशाख २७ गतेदेखिको चरणबद्ध आन्दोलनका क्रममा रिले अनसन बसिएको बताएका छन् । नेपाल शिक्षक महासंघले शिक्षकका महत्वपुर्ण ३४ सुत्रिय माग लिएर आन्दोलनमा गएको र यसलाई निर्णायक अवस्थामा पुर्याएर मात्रै आन्दोलन बाट फिर्ता हुने बताईएको छ । मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरण बद्ध आन्दोलन गरिरहेको छ ।

Nabintech