१५ चैत्र २०८०, बिहीबार
कोहलपुरमा बैशाख १० गतेसम्म शैक्षिक संस्था बन्द हुने

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०७८, शुक्रबार १७:३७

बाँकेको कोहलपुर नगरपालिकामा आईतबारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतको संयोजकत्वमा नेपाल शिक्षक महासंघ, संस्थागत विद्यालयको छाता संगठन क्रिसा लगायत संस्थागत तथा सामुदायिक विद्यालयका पेशगत घटकहरु सहित बसेको सर्वपक्षिय बैठकले आईतबारदेखि बैशाख १० गते शुक्रबारसम्म सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । साथै कोहलपुर नगरपालिका अन्तर्गत संचालित सम्पूर्ण सामुदायिक, संस्थागत तथा परम्परागत विद्यालयहरुमा पठनपाठन स्थगित गर्न कोहलपुर नगर शिक्षा शाखाले अनुरोध गरेको छ । कोरोना भाईरसको संक्रमण तिव्र गतिमा फैलिए पछि बाँके जिल्लामा एक साताका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेको छ ।

Nabintech