६ बैशाख २०८१, बिहीबार
कोहलपुरमा भूमिहिन र अव्यवस्थित बसोबासीले लालपूर्जा पाउँदै, काम अन्तिम चरणमा

  • टाइम्स संवाददाता

  • १४ असार २०७८, सोमबार १६:३०

बाँकेको कोहलपुर नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनिको प्रमाणपत्र लालपूर्जा पाउने भएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेले कोहलपुर नगरपालिकामा भूमि सम्बन्धी भईरहेका कामहरुको अनुगम गर्दै केहि समय भित्र जग्गाधनि लालपूर्जा विवरण गर्नका लागि कामलाई तिव्रता दिनुपर्ने बताईएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेकी अध्यक्ष शान्ति ढकाल, बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री आरती पौडेल, मालपोत कार्यालय प्रमुख हरिकुष्ण सुवेदी, नापी कार्यालय प्रमुख पूर्ण प्रसाद पाण्डे, डिभिजन वन कार्यालय प्रमुख राजु क्षेत्री, कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावत लगायतले कोहलपुर नगरपालिका भित्र भूमि सम्बन्धी भईरहेका पछिल्लो कामकाबारेमा जानकारी लिँदै भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेकी अध्यक्ष शान्ति ढकालले कोहलपुर नगरपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र लालपूर्जा उपलब्ध गराउने बताएकी छिन् । बाँकेका अन्य स्थानिय तह भन्दा कोहलपुर नगरपालिकाले भूमि सम्बन्धीको कामलाई विशेष प्राथमिता दिईरहेको बताउँदै केहि समय भित्र लालपूर्जा वितरण गरिने बताएकी छिन् ।
साथै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिका वडा नं. १ मा हाल जग्गा नाप जक्सा कार्य भईरहेको बताउँदै केहि समय पछि वडा नं. १ बाट लालपूर्जा वितरण कार्य सुरु गरिने बताएका छन् । हाल कोहलपुर नगरपालिका वडा नं. १ मा करिब ८ सय कित्ताको नापनक्सा भईसकेको बताउँदै जनताको हातहातमा लालपूर्जा वितरण गर्ने लक्ष्यका साथ कोहलपुर नगरपालिकाले तिव्र गतिमा काम गरिरहेको अनुगममा आएको उक्त टोलिलाई जानकारी दिएका छन् ।
त्यस्तै भूमि समस्या समाधान लगत संकलन इकाइ कोहलपुरका प्रमुखका बिर बहादुर बिकेले कोहलपुरमा १६ हाजर पाँच सय ५८ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले फारम भरेको बताउँदै कोहलपुर नगरपालिका वडा नं. १, ६ र ८ का फारमहरु कम्प्युटरमा इन्ट्री गरिसकेको र वडा नं. १२ र वडा नं. २ का फारमहरु कम्प्युटरमा इन्ट्री गर्ने काम जारी रहेको उनले बताएका छन् । साथै कोहलपुर नगरपालिका वडा नं. २, ३, ५ र १० बाहेक सबै वडाका फाईलहरुको कित्ताकोर्ड र निस्सा हालिसकेको र केहि समय भित्र नापजाँच बाहेक सबै काम पुरा हुने उनले बताएका छन् । भूमि समस्या समाधान लगत संकलन इकाइ कोहलपुरले कामलाई तिव्रता दिईरहेको जानकारी दिँदै कोहलपुर नगरपालिका वडा नं. १ मा नापनक्सा कार्य जारी रहेको बताउँदै कोरोना भाईरसका कारण र वर्षाका कारण नापनक्सा कार्यमा केहि अवरोध भईरहेको उनले बताएका छन् ।

Nabintech