७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा मानव बेचबिखन नियन्त्रण समितिसँगको वार्षिक समिक्षा

  • टाइम्स संवाददाता

  • ११ श्रावण २०७८, सोमबार १६:२५

बाँकेको कोहलपुरमा दुई दिने नगर स्तरिय मानव बेचबिखन नियन्त्रण समितिसँगको वार्षिक समिक्षा र योजना बैठक आजबाट सुरु भएको छ । कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा माइती नेपाल र हाम्रो सम्मान परियोजनाको सहयोग तथा समन्वयनमा नगर स्तरिय मानव बेचबिखन नियन्त्रण समितिसँगको वार्षिक समिक्षा र योजना बैठक आजबाट सुरु भएको छ । कार्यक्रममा बोल्दै माइती नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका संयोजक केशव कोइरालाले आर्थिक वर्ष २०७७÷०७८ मा जोखिमपूर्ण यात्रामा रहि सीमानाका बाट उद्धार गरिएको संख्या नेपाल प्रहरी र माइती नेपाल समेतबाट तीन सय ९ जना उद्धार गरिएकोमा १८ वर्ष माथिका महिला १ सय ९८ जना र १८ वर्ष मुनिका बालिका १ सय ६, बालक ५ रहेको बताएका छन् । साथै उनले यो वर्षमा बाँकेका ४४ जनालाई उद्धार गरिएको मध्ये कोहलपुर नगरपालिकाका १३ जना, बैजनाथका १४ जना, नेपालगञ्जका ४, डुडुवाका १, राप्तीसोनारीका ४ जनाको उद्धार गरिएको छ । साथै उनले आर्थिक रुपमा कमजोर तथा शिक्षाको पहुँचबाट टाढा रहेका सामुदाय तथा परिवारको सदस्यहरु मानव बेचबिखनमा पर्ने अवस्थारहेकोमा हाल आएर शिक्षित तथा आर्थिक रुपमा सम्पन्न परिवारका सदस्यहरु मनव बेचबिखनको सिकार हुने गरेको बताएका छन् । कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुर नगपालिका मावन बचेबिखनको उच्च जोखिममा रहेको बताउँदै भौतिक विकाससँगै मानविय चेतनाको विकास आजको आवश्यकता रहेको बताएका छन् ।
हाम्रो सम्मान परियोजनाकी कमला पन्थले वैदेशिक रोजगार र शैक्षिक अवस्था, झुठा विवाह, मनोरञ्जन र मानव अंग र बेचबिखन मानव बेचबिखनका बदलिदो स्वरुप भएको बताईन् । यूवा दृष्टि नेपालका अध्यक्ष यूवराज पोख्रेलले मानव बेचबिखन इच्छा विपरीत भएकाले यसलाई नियन्त्रण गर्नका लागि राज्यले विशेष नीति लिनुपर्नेमा जोड दिँदै स्थानिय सरकारले मानव बेचबिखन तथा ओसार पसारलाई नियन्त्रण गर्नका लागि नीति कार्यान्वयन गर्न बजेटको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Nabintech