१५ चैत्र २०८०, बिहीबार
कोहलपुरमा मोटरसाईकल चोरी गर्ने तीन जना प्रक्राउ

  • टाइम्स संवाददाता

  • ३ भाद्र २०७८, बिहीबार ११:०७

बाँकेको कोहलपुरमा मोटरसाईकल चोरी गर्ने तीन जना प्रक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । आज बिहान कोहलपुर बसपार्कबाट उनीहरुलाई प्रहरीले प्रक्राउ गर्न सफल भएको छ । प्रक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ बस्ने अमर बिक, , सुन्दर मल्ल र अनुप चन्द रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएका छन् । यसका साथै उनीहरुबाट भे ३ प ६००५ नम्वरको डिस्कभर कालो निलो रंगको मोटरसाइकल सहित एन एस मोटरसाइकलको निलोरंगको हेडलाइट १ थान, पल्सर मोटरसाइकलको निलो रंगको ट्यांकी कभर १ थान, मोटरसाइक्लको पाटपुर्जा खोल्न प्रयोग हुने स्क्रु ड्राइभर र रेञ्ची एक÷एक थान, मोटरसाइकल स्टिकर ७ थान, मोवाइल सेट ३ थान र १३ चक्की नाइट्रोभ्याट भन्ने आगु औषध बरामद गरि आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनालले जानकारी दिएका छन् । साथै चोरी भएको मोटरसाइकल धनीले आज नै हराएको मोटरसाइकलको हुलिया निवेदन दिएकोमा सम्बन्धित मोटरसाइकल धनी चन्द्र बहादुर गिरीलाई प्रहरीले सो मोटरसाइकल बुझाएको छ ।

Nabintech