१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा राष्ट्रिय स्तरको गोजुरीयो कराँते डो प्रतियोगिता हुने

  • टाइम्स संवाददाता

  • १४ भाद्र २०७८, सोमबार १७:५५

बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको गोजुरीयो कराँते डो प्रतियोगिता हुने भएको छ । राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, ५ नं। प्रदेश समिति र कोहलपुर वागेश्वरी ई.मि. स्कुलको संयुक्त आयोजनामा यहि फागुन २४ र २५ गते संचालन गर्ने भनिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ स्थित कोहलपुर वागेश्वरी ई.मि. स्कुलको प्राङ्गणमा आयोजना गर्न लागिएको प्रतियोगितामा देशभरबाट ४ सय बढि खेलाडी कोहलपुर आउने भएका छन । प्रतियोगिता अन्तर्गत काँता र कुबिन्ते तर्फ विभिन्न २८ वटा विधामा क्याडेट, जुनियर र सिनियर खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुमध्येबाट छनौटमा परेका खेलाडीहरुले सन २०२० मा नेपालमै आयोजना हुन गईरहेको साउथ ओपनिङ गोजुरीयो च्याम्पियनशिपमा भाग लिन पाउने प्रतियोगिताका संयोजक तथा राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, ५ नं. प्रदेश समिति प्रमुख रमेश कुमार डाँगीले जानकारी दिए । २४ गते ५ नं. प्रदेश सरकारका कृषि, सहकारी तथा भुमी ब्यवस्था मन्त्री आरती पौडेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको डाँगीले बताए । शिव शिखर एग्रो प्रा.लि. ले मुख्य प्रायोजकको भुमिका निर्वाह गरेको प्रतियोगितालाई भब्य रुपमा सफल बनाउन ७ वटै प्रदेशका खेलाडी तथा कराँतेसँग सम्बन्धित प्रशिक्षकहरुलाई कोहलपुर ल्याउन लागिएको डाँगीले जानकारी दिए ।

Nabintech