१५ चैत्र २०८०, बिहीबार
कोहलपुरमा सी.यु.जी. पाठशाला सिम वितरण

  • टाइम्स संवाददाता

  • २१ श्रावण २०७८, बिहीबार २०:४०

बाँकेको कोहलपुरमा रहेको कृष्ण माविमा सी.यु.जी. पाठशाला सिम वितरण गरिएको छ । कोहहलपुर नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाले कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको कृष्ण माविका विद्यार्थीहरुलाई सी.यु.जी. पाठशाला सिम वितरण सुरु गरेको हो । सो विद्यालयमा पहिलो चरणमा ४ सय ५० सी.यु.जी पाठशाला सिम विद्यार्थी, विद्यार्थीका अभिभावकलाई उपलब्ध गराइएको कोहलपुर नगर शिक्षा शाखा प्रमुख अन्नतकुमार पौड्यालले बताएका छन् । साथै उनले वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न सहज हुने बताउँदै सीयुजी सिमले अनलाईन पठन पाठनलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै उनले अन्य सामुदायिक तथा संस्थागत विद्यालयहरुले पनि सिम वितरणमा ढिलो गर्न नहुने भन्दै संस्थागत विद्यालयहरुलाई पनि सियुजी सिम सिफारिसको लागि शाखामा सम्पर्क गर्नुपर्ने बताएका छन् ।अनलाईन पढाइलाई निरन्तरता दिनकालागि विद्यार्थीहरुलाई सिम वितरण गरिएको विद्यालयका प्राध्यानाध्यापक विरेन्द्र मल्लले बताएका छन् ।  सरकारले विद्यार्थीहरुको अनलाईन पढाइका लागि सामुदायिकलाई १ सय २५ र संस्थागत विद्यालयका लागि १ सय ९९ रुपैयाँमा सिम उपलब्ध गराएको छ ।

Nabintech