१६ चैत्र २०८०, शुक्रबार
कोहलपुर नगरपालिकाको नगर सभा सम्पन्न, स्वास्थ्यकर्मी, कर्मचारी र पत्रकार सम्मान

  • टाइम्स संवाददाता

  • ३० असार २०७८, बुधबार ०७:१६

बाँकेको कोहलपुर नगरपालिकाको नवौं नगर सभा सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले मंगलबार नगर सभा सम्पन्न भएको घोषण गरेका छन् । असार ७ गते नगरप्रमुख लुट बहादुर रावतले नीति तथा कार्यक्रम पेश गरी सुरु भएको नगर सभा सातौं बैठकमा आएर समापन भएको छ । सो नगर सभाबाट कोहलपुर नगरपालिकाको आर्थिक वडा नं. २०७८÷०७९ का लागि १ अर्ब २२ करोड बजेट बिनियोजन गरिएको उपप्रमुख सञ्जु कुमारी चौधरीलेबताएकी छिन् ।
साथै नगरसभामा कोहलपुर नगरपालिकाका भित्रका स्वास्थ्यकर्मी, कर्मचारी र पत्रकारलाई सम्मान प िगरिएको छ । कोहलपुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौड्याल, निर्वतमान कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोख्रेल लगायत नगरपालिकामा कार्यरत ४८ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । यसका साथै कोरोना भाईरसको उच्च जोखिमको बेला कोहलपुर क्षेत्रमा कार्यरत रहेर काम गरेका स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको छ । त्यस्तै कोहलपुर क्षेत्रको शान्ति सुरक्षा कायम गरिरहेको भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनाललाई सम्मान गरिएको हो । बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रका पाँच जना पत्रकारलाई सम्मान गरेको छ । कोहलपुर नगरको नवौं नगर सभाबाट कोहलपुर नगरपालिका क्षेत्रमा रहि विभिन्न विधालाई समेट्दै कोहलपुरको समग्र विकास, समृद्धि, सुशासन र प्रवद्र्धनका लागि सूचना सम्प्रेषणमा महत्वपूर्ण भूमिका निर्वाह गरि पु¥याएको योगदानको उच्च कदर गर्दै चार जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा एभिन्यूज टिभि बाँके संवादाता राम बहादुर रावत, जनता टिभि बाँके संवादाता रबिन्द्र सिंह ठकुरी, न्यूज मानसरोवरका रबि रोकाया, मिसन टुडेका डिल्ली शाही र प्रतिबोध एफ.एम.की प्रबित्रा परियार रहेका छन् । कोहलपुर नगरपालिकाले प्रत्येक वर्ष मिडिया हाउस र पत्रकारलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पत्रकाहरुलाई सम्मान गरिएको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले बताएका छन् । यसका साथै पाँचवटा विभिन्न विधेयकहरु पास भएका छन् ।

Nabintech