७ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरलाई संघ सरकारले ५५ करोड ९ लाख छुट्यो

  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०७८, आईतवार १९:०७

सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कोहलपुर नगरपालिकालाई ५५ करोड ९ लाख रुपैयाँ छुट्यो हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदानबाट कोहलपुर नगरपालिकाका ५५ करोड ९ लाख रुपैयाँ बजेट छुट्याएको कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक डिल बहादुर परियारले बताएका छन् । कोहलपुर नगरपालिकालाईसघीय सरकारबाट वित्तीय समानीकरण अनुदान तर्फ २० करोड २ लाख, सशर्त अनुदान तर्फ २९ करोड ७३ लाख, विशेष अनुदान तर्फ २ करोड ५६ लाख र समपुरक अनुदान तर्फ २ करोड ८७ लाख बजेट उपलब्ध गराएको उनले बताएका छन् ।
यसैबीच सरकारले सार्वजनिक गरेको बजेटमा बाँके जिल्लालाई कुल ३ अर्ब ९२ करोड ३६ लाख बजेट विनियोजन गरेकोछ । जसमा चालुतर्फ ३ अर्ब ५२ करोड २२ लाख र पुँजीगत तर्फ ४० करोड १४ लाख गरि जम्मा ३ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको हो । बाँके जिल्लालाई विनियोजन गरिएको कुल बजेट मध्ये समानिकरण अनुदानतर्फ १ अर्ब ३८ करोड ८६ लाख, सर्शत अनुदान २ अर्ब ३० करोड ५६ लाख, विशेष अनुदान १० करोड ९३ लाख तथा समपुरक अनुदान तर्फ १२ करोड एक लाख प्रदान गरिएको छ । बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा सबैभन्दा बढि बजेट नेपालगन्ज उपमहानगरपालिकालाई छुट्याइएको छ । नेपालगनज उपमहानगरपालिकालाई कुल ९४ करोड ६१ लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरि गाउँपालिकामै सबैभन्दा बढि खजुरा गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । खजुरालाई ४९ करोड ८४ लाख बजेट विनियोजन गर्दा दोस्रोमा राप्ती सोनारी गाउँपालिकालाई ४७ करोड २४ लाख बजेट विनियोजन गरिएकोछ । यस्तै बाँकेका बैजनाथ गाउँपालिकालाई ४६ करोड ५५ लाख, डुडुवा गाँउपालिकालाई ३६ करोड १५ लाख, नरैनापुर गाउँपालिकालाई ३२ करोड १० लाख र जानकी गाउँपालिकालाई ३० करोड ७८ लाख बजेट विनियोजन गरिएकोछ ।

Nabintech