१५ चैत्र २०८०, बिहीबार
कोहलपुर नगरले “एक विद्यालय, एक नर्स” अभियान संचालनमा ल्याउँदै

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०७८, मंगलवार १७:३१

बाँकेको कोहलपुर नगरपालिकालाई आगामि आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा नगर भित्रका सम्पूर्ण विद्यालयहरुमा “एक विद्यालय, एक नर्स” अभियान संचालनमा ल्याउन सुझाव दिईएको छ । कोहलपुर नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा जुम माफर्त भएको छलफलमा शिक्षक महासंघ, संस्थागत विद्यालयका छाता संगठन, प्रअ, शिक्षक तथा विद्यार्थी लगायतले कोहलपुर नगर भित्र आगामि आर्थिक वर्षदेखि “एक विद्यालय, एक नर्स” अवधारण ल्याउन सुझाव दिएका छन् ।
सो छलफलमा त्रिभुवन माविका शिक्षक ऋषि शर्माले विद्यालय तहमा बालबाविसका केन्द्रलाई विशेष जोड दिनुपर्ने, कोहलपुर नगरमा आवासिय विद्यालय बनाउन सक्नुपर्ने, “एक विद्यालय, एक नर्स” अवधारण ल्याउन स्थानिय सरकारलाई सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले सो छलफलबाट आएका सुझावहरुलाई नीति तथा कार्यक्रममा समावेश गरिने बताउँदै कोहलपुर नगरपालिकाले “एक विद्यालय, एक नर्स”को अवधारणलाई विषेश जोड दिईने बताएका छन् । साथै उनले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषिलाई नै स्थानिय सरकारले विशेष प्राथमिकता दिने बताएका छन् । शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न गरी कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा विषयगत शिक्षक रहने भन्दै शिक्षा शाखा कोहलपुरले विद्यालयको आवश्यकता अनुसार “एक विद्यालय, एक नर्स”, एक विद्यालय एक खेलकुद शिक्षक, विज्ञान, साहित्य लगायतका विषयहरुका बारेमा योजना बनाई कार्य अगाडि बढाउने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले कोरोना भाईरसको दोस्रो लहरले सबै क्षेत्र जस्तै शिक्षा क्षेत्रमा पनि प्रभाव परिरहेको बताउँदै कोहलपुर नगरलाई प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताईन् । साथै अनलाईन कक्षा संचालनका लागि आवश्यक पर्ने प्राविधिहरु कोहलपुर नगरपालिकासँग रहेको बताउँदै शिक्षा शाखाले यस विषय समन्वय गर्न सुझाव समेत दिएकी छिन् । आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिने बताउँदै स्थानिय सरकारले वर्तमान अवस्थालाई ध्यान दिई योजना तथा बजेट ल्याउने बताईन् । विभिन्न माध्यमबाट विद्यार्थीहरुलाई विद्यालय र पढाइसँग जोड्नुपर्ने उनको भनाई रहेको थियो ।
कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले आगामि आर्थिक वर्षको नीति तथा बजेटमा शिक्षा क्षेत्रमा समावेश गर्न प्राप्त भएका सुझावहरुलाई समावेश गर्नुपर्ने, विद्यालयको वार्षिक मूल्याङ्कन तथा नतिजा प्रकाशन गर्नुपर्ने विषयमा आएका सुझावलाई आत्मासाथ गरी योजना बनाईने बताएका छन् । जनज्ञान ज्योति मावि कैशिलानगरका प्रअ एकदेव पन्थीले कोहलपुर नगरपालिकालाई प्राविधिक शिक्षाका रुपमा चिनाउनुपर्ने, आफ्नो विद्यालयले केहि सयम भित्र नतिजा प्रकाशन गर्ने, कक्षा आठको नतिजा पनि अन्तरिक मून्याङ्गनबाटै गर्नुपर्ने बताएका छन् ।
शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाईले शिक्षासँग सम्बन्धित नीति बनाउँदा वर्तमान अवस्थालाई अध्ययन गरेर शिक्षाको नीति तथा बजेटमा समावेश गर्नुपर्ने बताएका छन् । कोरोना भाईरका विरुद्ध प्रयोग गरिएको कोभिड भ्याक्सिन लगाउने कार्यमा शिक्षकहरुलाई प्राथमिकता नदिईएको बताउँदै अब आउने भ्याक्सिनमा शिक्षकलाई लगाएर मात्रै सुरु गर्न अनुरोध गरेका छन् । शिक्षण सिकाई क्रियाकलापलाई व्यवस्थापन गर्नका लागि योजना बनाउने तर कार्यान्वय पक्षमा केहि कमिकमजोरी हुँदा सोचे जस्तो प्रगति हुन नसकेको बताएका छन् । एनप्याब्सन कोहलपुरमा अध्यक्ष बेगम चन्दले स्थानिय सरकारले शिक्षा नीति बनाउँदा यस्ता कार्यक्रममा विशेष जोड दिन आग्रह गरेका छन् ।
साथै कार्यक्रममा बोल्ने आधिकांशले कोहलपुर क्षेत्रलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि स्थानिय सरकारले बजेटको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए । कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न आवश्यक नीति बनाउनुपर्ने, डाक्टर उत्पादन गर्नका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरसँग सहकार्य गर्नुपर्ने, कोरोनाबाट रोकिएका शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने, विद्यालय तहका बालबालिकाहरुलाई शिक्षण सिकाइ क्रियाकलापमा विभिन्न माध्यमबाट सहभागि गराउने लगायतका विषयमा स्थानिय सरकारलाई सुझाव दिएका छन् । कार्यक्रममा शैक्षिक क्षेत्रमा सम्बद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Nabintech