१६ चैत्र २०८०, शुक्रबार
कोहलपुर नगर शिक्षा शाखाद्धारा शैक्षिक झलक बिमोचन

  • राम बहादुर रावत

  • १५ श्रावण २०७८, शुक्रबार १६:२७

बाँकेको कोहलपुर नगर शिक्षा शाखाले शैक्षिक झलक २०७८ बिमोचन गरेको छ । “हरित संगमस्थल हाम्रो शहर, सुन्दर समृद्ध कोहलपुर नगर” भन्ने नाराका साथ कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण शैक्षिक तथ्याङ्क, शैक्षिक गतिविधि, शैक्षिक अवस्थालाई उल्लेख गरि कोहलपुर शैक्षिक झलक २०७८ अंक दुई बिमोचन गरिएको छ । कोहलपुर शैक्षिक झलक कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावत, उपप्रमख सञ्जु कुमारी चौधरी लगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोरोनाका कारण विद्यालयहरु लामो समय सम्म बन्द रहेको भन्दै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्नेन अवस्था नभएको बताएका छन् । साथै उनले विद्यार्थीहरुलाई कोरोना महामारीबाट पहिला बचाउनुपर्ने र शिक्षा भविष्यमा पनि आर्जन गर्न सक्ने भन्दै नियम विपरित विद्यालय संचालन गरेको खण्डमा कारवाही गरिने चेतवानी दिएका छन् । साथै उनले कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि एक विद्यालय एक प्राविधिक धार पढाइको अवधारण लिईएको बताउँदै सबै विद्यालयहरुले साथ दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख सन्जु कुमारी चौधरीले कोरोनाको महामारीमा विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्नका लागि विभिन्न नीतिहरु राज्यले लिईरहेको बताउँदै अब शिक्षालाई प्रविधिसँग जोड्नका लागि विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी र तीन तहका सरकार बिच सहकार्य हुन आवश्यक रहेकोमा जोड दिएकी छिन् । कोहलपुर शैक्षिक झलकमा नगर भित्रका सम्पूर्ण शैक्षिक गतिविधिहरु समावेश गरिएको जानकारी दिँदैै सो झलकमा योजना सहितका कार्यक्रमहरु समावेश गर्न सुझाव समेत दिएकी छिन् । कार्यक्रममा कोहलपुर शैक्षिक झलकको समिक्षा गर्दै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमालले कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि कोहलपुर शैक्षिक झलकमा कोहलपुर बहुसंकाय शैक्षिक केन्द्रबिन्दु शहरको रुपमा स्थापित गर्ने कुरालाई जोड दिईएको पाईएको बताउँदै कोहलपुर क्षेत्रको शैक्षिक गतिविधिहरुका बारेमा थाहा पाउनका लागि कोहलपुर शैक्षिक झलकले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । नेपाल शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाई र कोहलपुर नगर शिक्षा शाखा सदस्य एवम् क्रिसाका निवर्तमान अध्यक्ष शिव प्रसाद डाँगिले शिक्षाको विकास र समृद्धिमा यस्ता शैक्षिक झलकहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रत्येक वर्ष यस्ता पुस्तकहरु प्रकाशित गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले कोहलपुर शैक्षिक झलकमा विद्यालयका तहगत, विद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि, विद्यालय सुधार योजना बनाउनका लागि आवश्यक पर्ने नीति नियमहरु समावेश गरिएको बताउँदै समग्रमा कोहलपुरको शैक्षिक तथ्याङ्कलाई समेट्एिको बताएका छन् । साथै उनले विद्यालयहरुलाई निकासा गरिएका विभिन्न किसिमका अनुदान रकमहरुको जानकारी गराउन र निकासा रकमलाई कार्यक्रम कार्यान्वयनमा नीतिगत सहजीकरण गर्न कोहलपुर नगर शिक्ष शाखा तयार रहेको बताउँदै विद्यालय तहमा भए गरेका आर्थिक क्रियाकलापलाई पनि कोहलपुर शैक्षिक झलकमा समावेश गरिएको छ । कार्यक्रममा कोहलपुर नगर शिक्षा शाखाका शिक्षा अधिकृत रबिलाल मिजारले कोरोनाको महामारीमा सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँच पु¥याउनका लागि योजना बनाएर कार्य गर्ने जानकारी दिँदै विद्यालयहरुलाई प्रविधिसँग जोड्नका लागि सबै लाग्नुपर्ने बताएका छन् । कोहलपुर नगर शिक्षा शाखाका शिक्षा अधिकृत शिला गौतमले सहजिकरण गरेको कार्यक्रममा कोहलपुर क्षेत्रका विद्यालयहरुका प्रध्यानाध्यापकहरुको सहभागिता रहेको थियो ।

Nabintech