१५ चैत्र २०८०, बिहीबार
कोहलपुर नगरशिक्षा शाखाद्धारा प्रगती विवरण सार्वजनिक

  • टाइम्स संवाददाता

  • १६ कार्तिक २०७८, मंगलवार ०७:४४

बाँकेको कोहलपुर नगर शिक्षा शााखाले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । कोहलपुर नगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद शाखाले आफ्नो शाखाले गरेका प्रगति विवरण र भावी योजनाहरु पत्रकार सम्मेलन माफत सर्वजनिक गरेको छ । कोहलपुर नगर शिक्षा प्रमुख अनन्त कुमार पौडयालले प्रगति विवरण सर्वजनिक गरेका छन् । कोहलपुर नगर शिक्षा शाखाले विभिन्न ११ वटा शिक्षासम्बन्धी ऐन नियम र कार्यविधिहरु बनाएको जानकारी गराएका थिए । कोहलपुर नगरपालिका शिक्षा ऐन २०७६, शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६, कोहलपुर नगरपालिका शिक्षा नियमावली २०७४, कोहलपुर नगरपालिका वित्तिय समानीकरण कार्यक्रम कार्यान्वयन निर्देशिका २०७६, अपाङ्गता भएका विद्यार्थीहरुको लेखाजोखा केन्द्र संचालन तथा व्यवस्थापन कार्यविधि २०७७, कोहलपुर नगरपालिका विद्यालय स्थापना, कक्षाथप, स्थानान्तरण र नामाकरण सम्वन्धी कार्यविधि २०७८, आधारभुत तह को वार्षिक मूल्याङ्कन कार्यविधि २०७८, विद्यालय बाल संरक्षण नीति, २०७८, कोभिड –१९ को जोखिमरहित वातावरणमा विद्यालय पठनपाठन संचालन कार्यविधि २०७८, समावेशी नीति २०७८, र बालिका तथा समावेशी शिक्षा संञ्जाल गठन तथा परिचालन कार्यविधि २०७८ लगायतका विभिन्न कार्यविधि निर्माण गरेर कार्यन्वयन गरेको जानकारी पत्रकार सम्मेलनमा दिएका थिए । नगर शिक्षाले गरेका मुख्य उपलव्धिहरुमा कोहलपुर नगरपालिकालाई बाँके जिल्लाको पहिलो साक्षर नगरपालिका घोषणा गरेको र घोषणा गरेवाफत कोहलपुर नगरपालिकाले ५०लाख पुरस्कार जिल्ला समन्वय समितिवाट प्राप्त गरेको थियो । सो पुरस्कार रकमवाट कोहलपुर नगरपालिका वडा नं. १३मा रहेको नेपाल राष्ट्रिय मावि खड्कवारमा विद्यालय भवन निर्माण गरेको पौड्यालले वताए । दोस्रो उपलव्धि शिक्षक दरबन्दी मिलान, तेस्रो सवै विद्यालयहरुमा कम्प्युटर र वाईफई को व्यवस्था गरेको, श्रम ऐन अनुसार निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलव भत्ता दिने प्रावधान गरेको बताए । कोहलपुर नगर शिक्षाले दुईवटा शैक्षिक झलक प्रकाशन र शैक्षिक स्थितिको ब्रोसर प्रकाशन गरेको जानकारी गराएका थिए । साथै सवै विद्यालयको टाईमा नेपालको राष्ट्रिय झण्डा र विद्यालयको लोगो अनिवार्य गर्ने गरेको बताए । सवै विद्यालयको भवन र विद्यालयका बसमा नेपाल सरकारले तोकेको पहेँलो रङ अनिर्वाय गरेको बताए । यस्तै पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट वहादुर रावतले कोहलपुर नगरपालिकालाई शैक्षिक हपको रुपमा विकास गर्ने आफुहरुको लक्ष्य रहेको बताए । सवैभन्दा महत्व पूर्ण उपलव्धि भनेको आफुहरुले सवै सरकारी विद्यालयहरुमा दरवन्धी अनुसारको शिक्षक र स्तर अनुसारको प्राचार्य व्यवस्था गर्ने आफुहरु सफल भएको बताए । पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिका ,समाजिक विकास समिति संयोजक नारायणी ओली , कार्यपालिका सदस्य भिम वहादुर नेपाली , ईलाका प्रहरी कोहलपुरका कार्यालय प्रमुख रविन्द्र खानाल लगाएतको सहभागिता रहेको थियो ।

Nabintech