१६ चैत्र २०८०, शुक्रबार
कोहलपुर बस दर्घुटनाका पाँच जनाको निधन

  • टाइम्स संवाददाता

  • ४ बैशाख २०७८, शनिबार ०७:०२

बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने ३७ जना घईते भएका छन् । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे एक आपसमा ठोकिदा चार पुरुष सहित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी २१ वर्षका टिपरका सह–चालक उदय बाठा, कोहलपुर नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी–७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका–१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी महिला छन् । मृतक नेपाली सेनाका जमदार रहेको बुझिएको छ । बाँकी ३६ जना घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छन् केहि घाईतेहरुको अवस्था गम्भिर रहेको छ । घाईते सुर्खेत बढाताल–५ का बिशाल कार्कीका अनुसार गाडिको डाईभरले अनियन्त्रीत हुने गरी गुढाएका कारण दुर्घटना भएको हो । ‘पूर्व तिर कामका लागि जान लागेको थिए’ उनले भने ‘भगवानले अर्को जन्म दिए, धन्न बाँचे ।’ घाईते यात्रुका अनुसार चप्पगौडिदेखि दुई किलोमिटर पूर्व सम्म बस चालकले तिब्र गतिमा बस कुदाएका कारण विपरित दिशाबाट आईरहेको टिप्परसँग ठोकिन्न पुगेको हो ।

Nabintech