१६ चैत्र २०८०, शुक्रबार
कोहलपुर वडा नं. १ बाट जग्गा नाप कार्य सुरु

  • टाइम्स संवाददाता

  • २७ चैत्र २०७७, शुक्रबार १७:४८

बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबारदेखि जग्गा नाप नक्सा कार्यको सुरु गरेको छ । कोहलपुर नगरपालिकाले वडा नं. १ बाट जग्गा नापनक्सा सम्बन्धी कार्य सुरु गरेको छ । कोहलपुर नगरपालिमा भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य गरि जग्गा नाप नक्सा कार्यको शुभारम्भ भएको छ । कार्यक्रममा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेकी अध्यक्ष शान्ति ढकालले जनताले अब छिट्टै जग्गा धनीको प्रमाणपत्र प्राप्त गर्ने बताएकी छिन् । सरकारले जनतालाई जमिनको मालिक बनाउँदै जनताको अनुहारमा खुशि ल्याउन लागेको बताउँदै वषौं देखि उपभोग गर्दै आएको जमिनको मलिक अब जनता हुने बताईन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले संघिय, प्रदेश र स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुले रातदिन काम गरिरहेको र जतिसक्दो छिटो भूमि सम्बन्धीको सम्पूर्ण समस्या समाधान गरी जनतालाई जग्गाको मालिक बनाउन लागि परिहेको बताएका छन् । कोहलपुर नगरपालिका अन्तर्गतको भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाई प्रमुख बिर बहादुर बि.के.ले कोहलपुर नगरपालिकाका १५ वटै वडाबाट भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य गरि सम्पन्न गरी वडा नं. १ बाट जग्गा नाप नक्सा कार्यको शुभारम्भ गरिएको बताएका छन् । भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासी करिब १७ हजार भन्दा बढि रहेको बताउँदै विस्तारै अन्य वडामा पनि कार्य सुरु गरिने बताएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरी, कोहलपुर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष गोपि खनाल लगायतको सहभागिता रहेको थियो ।

 

Nabintech