१६ चैत्र २०८०, शुक्रबार
को.उ. वा.संघद्धारा २६ जना घरधनिलाई सम्मान

  • राम बहादुर रावत

  • २७ श्रावण २०७८, बुधबार १७:२३

बाँकेको कोहलपुरमा रहेको कोहलपुर उद्योग वाणिज्य संघले कोरोना भाईरसका कारण जारी निषेधज्ञाको समयमा घरभाडा छुट्ट दिने २६ जना घरधनिलाई सम्मान गरेको छ । कोहलपुरमा बुधबार एक कार्यक्रमको आयोजना गरी घर भाडा तथा सटर भाडा लिएर व्यवसायी गरिरहेका व्यवसायीहरुलाई कोरोना महामारीको समयमा घरभाडा छुट्ट दिने कोहलपुरका २६ जना घरधनिलाई संघले सम्मान गरेको हो । सो कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिीय सदस्य चक्र बहादुर अधिकारीले कोरोना भाईरसका कारण पूर्ण रुपमा लकडाउन हुँदा व्यापार व्यवसाय पनि बन्द भएको अवस्थामा पनि घरधनिहरुले घरभाडमा छुट दिएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । साथै व्यवसायीहरुले पछिल्लो समय करदेखि लिएर बैंकको ब्याज सम्म तिर्न सक्ने अवस्था नरहेको भन्दै कोरोनाबाट बच्ना लागि खोप आवश्यक रहेको बताएका छन् । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना उद्योगि व्यवसायीहरुका लागि ४० लाख खोप सशूल्क किन्न खोज्दा सरकारले अनुमति नदिएको समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले व्यवसायीहरुलाई घरभाडा छुट्ट दिने कोहलपुर उद्योग वाणिज्य संघको आग्रहलाई आत्मासाथ गरी घरभाडामा छुट्ट दिएर व्यवसायीमैत्री घरधनिका रुपमा चिनाउन सफल भएकोले सम्मान गरिएको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्र शर्माले आर्थिक रुपमा व्यवसायीहरु सक्षम भए देशको आर्थिक विकास हुने भन्दै कोरोना कारण उद्योगि व्यवसायीहरुले ज्यान गुमाएको भन्दै कोरोनाको महामारीबाट सबै बच्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष कर्ण बहादुर थापाले उद्योगि व्यवसायीहरुका समस्या धेरै रहेकाले विभिन्न ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै संघकै पूर्व अध्यक्ष चिन्तामणि धितालले महामारीको बेला मानविय सेवामा सबै लाग्नुपर्ने भन्दै कोहलपुर उद्योग वाणिज्य संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्न सुझाव समेत दिएका छन् । साथै उनले संस्थाको भवन तत्काल निर्माण गर्न नयाँ कार्य समितिलाई सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले कोरोनाका कारण बैंकहरुले व्यवसायीहरुलाई तनाव दिईरहेको बताउँदै राज्यले उचित निकाश दिनुपर्ने बताएका छन् । घरधनीको तर्फबाट बोल्दै सुरज गिरीले राज्यले व्यवसायीहरुलाई कोरोना महामारीमा कुनै पनि सहयोग नगरे पनि घरधनिहरुले केहि घरभाडा छुट्ट गर्नुपर्छ भन्ने सोचका साथ घरभाडा छुट्ट गरिएको बताएका छन् । कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्याक्ष प्रदिप भट्टराईले महामारीको बेला विभिन्न क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै घरभाडा छुट्ट दिएकोमा सबैलाई संघले सम्मान गरेको बताएका छन् । साथै सोहि अवसरमा कोहलपुर क्षेत्रमा व्यापार व्यवसायी गरिरहेका व्यवसायीहरुलाई कर सम्बन्धी प्रशिक्षण दिईएको थियो । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुखा शरद चन्द पौडेल र कर अधिकृत राजेन्द्र पाण्डेले व्यवसायीहरुलाई कर सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजिकरण महासचिव मात्रिका सापकोटाले गरेका थिए भने कार्यक्रममा उद्योगि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Nabintech