१३ बैशाख २०८१, बिहीबार
खोप खरीद गर्न २६ अर्व ७५ करोड रुपियाँ वजेट,, बृद्धभत्ता अब ४ हजार

  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०७८, शनिबार १७:१६

कोभिड रोकथाम तथा नियन्त्रणका लागि खोप खरीद गर्न २६ अर्व ७५ करोड रुपियाँ वजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोष्णा गर्नु भएको हो । साथै उहाँले कोभिड १९को परीक्षण र उपचार निःशुल्क गरिने पनि वजेटमा उल्लेख गर्नु भएको छ । यसै गरी कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री पौडेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभएको हो । यसैगरी कोरोना सङ्क्रमित विरामीको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको अण्डरका कार्यन्वयनमा ल्याइने समेत उहाँले बताउनुभयो ।
यसका साथै बजेटमा सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि गरी ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ पुर्याइएको छ । त्यसकालागि १ खर्व रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षमा व्यापार घाटामा कमीआएको दावी गर्नुहुँदै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा ९४ प्रतिशत राजस्व असुल हुने अनुमान सुनाउनुभयो । अर्थमन्त्री पौडेलले कोभिड १९ को माहामारीबाट जनताको जीवन रक्षा गर्ने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बजेटको लक्ष्य रहेको बताउनुभयो ।
साथै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री पौडेलले १२ अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो । मन्त्री पौडेलले यो वर्ष करिब दुई लाख जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै न्यूनतम १०० दिन रोजगार बनाउने उद्घोष गर्नुभएको छ । त्यसका लागि यो वर्ष ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Nabintech