४ बैशाख २०८१, मंगलवार
गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

  • टाइम्स संवाददाता

  • २९ जेष्ठ २०७८, शनिबार १८:२६

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुनुहुन्थ्याे । उहाँ पञ्चायतकालदेखि सक्रिय राजनीतिमा हुनुहन्छ। उहाँ २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेक्नु भएको थियो । उहाँ विभिन्न आन्दोलनमा उहाँ ५–६ पटक जेल पनि पर्नु भएकाे थियाे । भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नुभएको छ । कांग्रेसको १२ औं महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्य बन्नुभएका उहाँ प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी विजयी हुनु भएको थियो । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् ।

Nabintech