१६ चैत्र २०८०, शुक्रबार
चार हजार ३६९ थपिए, छ हजार २०५ कोरोनामुक्त, १०९ को मृत्यु

  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०७८, आईतवार १८:२१

नेपालमा कोरोनाभाइरसका चार हजार ३६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ । हाल एक लाख आठ हजार ८९७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । जसमध्ये एक लाख एक हजार ३३४ होम आइसोलेशनमा र सात हजार ५३६ संस्थागत् आइसोलेशनमा छन् । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार २०५ जना कोरोनामुक्त भएका छन् । हाल ७६३ जना क्वारेन्टिनमा छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार २७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Nabintech