१५ चैत्र २०८०, बिहीबार
चार हजार ३८६ परीक्षणमा ४६० सङ्क्रमित, १५३ निको

  • टाइम्स संवाददाता

  • ३१ चैत्र २०७७, मंगलवार १७:५८

नेपालमा कोरोना भाइरसका ४६० जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३८६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४६० जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ९४८ पुगेको जानकारी गराएको छ । पछिल्लो चौबीस घण्टामा १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ३१८ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले ५ ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५८ जनाको मृत्यु भएको छ । हाल तीन हजार ६०८ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा छन् ।

Nabintech