१६ चैत्र २०८०, शुक्रबार
चितुवाको आक्रमणमा बर्दियामा बालिकाको मृत्यु

  • टाइम्स संवाददाता

  • ४ भाद्र २०७८, शुक्रबार १६:२०

बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।राजापुर नगरपालिका वडा नं १० भगतपुरमा बस्ने ३ बर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार बिहीवार साँझ ७ बजेको समयमा घर नजिकै मकैबारिको छेउमा खेलिरहेको अवस्थामा जंगलबाट आएको चितुवाले आक्रमण गरि घाईते बनाएको थियो । घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बिहीवार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

Nabintech