१२ बैशाख २०८१, बुधबार
जनआस्थाको १४ औं साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • २१ मंसिर २०७८, मंगलवार २०:५०

बाँकेको कोहलपुरमा रहेको श्री जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले आर्थिक विकासका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । साथै उनले कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै स्थानिय सरकारले सहकारीहरुलाई उत्पादनमा जोड्नका लागि विशेष कार्यक्रमहरु संचालन गर्दै आएको बताएका छन् । साथै उनले सहकारिको माधयमबाट कोहलपुरलाई  प्लाष्टिक मुक्त नगर बनाएर नेपालकै स्वच्छ, सफा नगर कोहलपुर बनाउन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेकी उपाध्यक्ष मिना सिग्देलले सहकारी संस्थाहरुले अब  आफ्ना शेयर सदस्यहरुलाई आर्थिक रुपान्तरणमा जोड्न आवश्यक रहेको बताएकी छिन् ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद बेल्वासेले सहकारीले आफ्ना शेयर सदस्यहरुलाई आत्मानिर्भर बनाउनका लागि विभिन्न लगानी मैत्री नीति लिईरहेको बताएका छन् । सहकारीको आगामि वर्ष एक करोड शेयर पूँजि र एक हजार शेयर संख्या पु¥याउने लक्ष्य रहेको संस्थाका कोषाध्यक्ष शिव प्रसाद डाँगिले जनाएका छन्। साथै सो साधारण सभाबाट सभामा प्रस्तुत आर्थिक तथा प्रगति प्रतिवेदन एवम् भावी योजना पारित भएका छ्न् । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक कोहलपुरका प्रतिनिधि प्रकाश कार्कि, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो ।

 

Nabintech