१५ चैत्र २०८०, बिहीबार
जम्मू–कास्मिरमा विद्रोहीहरुको आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु

  • टाइम्स संवाददाता

  • २९ जेष्ठ २०७८, शनिबार १५:२१

जम्मू–कास्मिरको बारामुलमा शनिबार विद्रोहीहरुले सुरक्षाकर्मीलाई निशाना बनाएर गोल हानेका छन् । सोपेरमा विद्रोहीले अन्धाधुन्ध गोली चलाउँदा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । यस घटनामा दुईजना सर्वसाधारणको पनि मृत्यु भएको छ । प्रहरीले इलाकालाई घेराबन्दी गरेर सर्च अपरेशन चलाइरहेको छ । कास्मिरका आईजी विजयकुमारले यस हमलामा लस्कर तैयबा संगठनको हात गरेको प्रतिक्रिया दिएका छन् । घटनामा घाइते भएका दुई प्रहरीलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

मार्चमा पनि भएको थियो हमला

यसअघि मार्च महिनामा पनि लस्क ए तैयबाले सिआरपिएफको गस्ती टोलीमाथि फायरिङ गरेको थियो । श्रीनगरको बाहिरीइलाका लवेपोरामा भएको यस हमलामा दुई जवानको ज्यान गएको थियो । हमलामा तीनजना घाइते भएका थिए । त्यसमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भयो ।

१४ मार्चमा पनि मुठभेड

यस हमलाभन्दा ११ दिन पहिले १४ मार्चमा पनि सुरक्षा बल र आतङ्ककारीबीच मुभेड भएको थियो । यस दौरान सुरक्षाकर्मीको गोली लागेर एक विद्रोही मारिएका थिए । सोपियाको रावलपोरा इलाकामा पुरै रात यो अपरेशन चलेको थियो ।

Nabintech