१५ चैत्र २०८०, बिहीबार
जाजरकोटमा काँग्रेस पहिलो पार्टी बन्छ : सिंह

  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०७८, शनिबार १४:४१

नेपाली काँग्रेसको १४ औं महाधिवेशन देश भर चलिरहेको छ । नेपाली काँग्रेसको महाधिवेशन वडा, गाउँ÷नगर हुँदै क्षेत्र र जिल्ला अधिवेशनको चलहपहल बढिरहेको छ । नेपाली काँग्रेस जाजरकोटको नेतृत्वमा पुगि पार्टीको नीति र विचारलाई जनताको बिचमा लिनसक्ने यूवा, सक्षम र जनता प्रति उत्तरदायि नेतृत्वको खोजि जाजरकोट काँग्रेसले गरेको छ । नेपालको दुर्गम जिल्लाको रुपमा परिचित जाजरकोटलाई प्रकृतिले थुप्रै उपहार दिएको छ । जल, जमिन र जंगलले भरिपूर्ण जाजकोटको विकास र समृद्धिका लागि पार्टीमा दुरदर्शि र काँग्रेसको नीति र विचारलाई जनताको बिचमा पु¥याउन सक्ने यूवा नेतृत्वको आवश्यकता परिरहेको छ । जाजरकोटी जनतालाई रोग, भोग र अभावबाट मुक्त गराई समृद्ध जाजरकोट आजको आवश्यकता हो । पिटुरेड द ग्रेटको प्रयासले रसिया विश्व विशाल भयो, किङ सिङ वाङदीको नेतृत्वमा चिन महान भो, जर्ज वाशिंगटनले अमेरिका संयुक्त भयो, लि कआन यूको योगदानले सिंगापुर सम्पन्न भयो, महाथिर बिन महमदको योजनाले मलेशिया उन्नत भो, नेल्सनल मण्डेलाको तपस्याले आफ्रिकाको अध्यारो हटयो, दक्षिण अफ्रिका विश्व व्यापारको गन्तव्य बन्यो, महात्मा गान्धिको कुशल नेतृत्वले भारत स्वतन्त्र भो, पृथ्वीनारायण शाहको दुरदृष्टिले नेपाल एकिकृत भो । महान दृष्टि भएका मावनले समाज र राष्ट्र बनाउँछन् । तिनै दुरदृष्टि र कुशल नेतृत्व आवश्यकताको खोजिका लागि नेपाली काँग्रेस जाजरकोटले पनि राजनैतिक र सामाजिक दुरदृष्टि र कुशल यूवा नेतृत्वको खोजि गरिरहेको छ ।   जाजरकोट र काँग्रेसले मागेको नेतृत्व र व्यक्तित्वका लागि बेदराज सिंह मैदानमा उत्र्ने घोषणा गर्नु भएको छ । विद्यार्थी राजनीतिबाट राजनीति यात्रा सुरु गरी नेपाली काँग्रेस जाजरकोटको जिल्ला सभापति भई बलियो काँग्रेस, संगठित काँग्रेस निर्माण गर्नका लागि नेपाली काँग्रेस जाजरकोटको जिल्ला सभापति पदमा उम्मेद्धवारी घोषणा गर्नु भएका बेदराज सिंहसँग कोहलपुर टायम्सका लागि गरिएको कुराकानी :
१. यहाँलाई स्वागत छ ?
– धन्यवाद ।
२. नेपाली काँग्रेस जाजरकोटको पार्टी सभापतिमा तपाईले पनि उम्मेद्धवारी घोषणा गर्नु भएको छ ? पार्टी सभापतिमा तपाईको उम्मेद्वारी किन् ?
– नेपाली काँग्रेसले लोककल्याणकारी राज्य व्यवस्थाको सिद्धान्तलाई आत्मासाथ गरेको छ । जनतालाई अधिकार सम्पन्न बनाउन विगतदेखि संघर्ष गर्दै आएका छौं । जाजरकोटी जनताको सपनासँग पार्टीको सिद्धान्त जोड्नु छ । शिक्षालाई गुणस्तर, स्वास्थ्यमा जनताको पहुँच, कृषिमा आधुनिक यान्त्रिकरणको प्रयोग, यूवालाई रोजगार र उद्यमशिल बनाउनका लागि अब काँग्रेसको जिल्ला तहको नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनु छ । यसका लागि नेपाली काँग्रेस जाजरकोटका अग्रजको सुझाव, यूवाको साथ, कार्यकर्ताको जिम्मेवारपूर्ण विश्वासका साथ पार्टीको जिल्ला सभापतिमा उम्मेद्धवारी घोषणा गरेको छु । पार्टीको अन्तरिक संरचनालाई बलियो बनाउन, आगामि निर्वाचनमा पार्टीका नीति तथा कार्यक्रमहरु जनताका बिचमा लिएर पार्टीका वडा तहदेखि प्रतिनिधिसभा सदस्य सम्मका उम्मेद्धवारलाई बिजय गराउन र जाजरकोटको विकास र समृद्धका लागि मेरो उम्मेद्धवारी रहेकोछ । यसका साथै पार्टी भित्र विगतदेखि आफ्नो जीवन समर्पित गरेका नेता तथा कार्यकर्ताहरुको उचित व्यवस्थान गर्न, पार्टीलाई एकताबद्ध बनाउन, जनताको सुःख,दुःखमा साथ दिन र पार्टीको विचार र सिद्धान्तसँग जाजरकोटी जनतालाई जोड्नु नै मेरोे प्रमुख लक्ष्य हुने छ ।
३. पार्टी भित्र अहिले पनि विभिन्न समूहहरु सक्रिय भएका छन्, यस्तो अवस्थामा कसरी पार्टीलाई एकताबद्ध गराउन सक्नुहुन्छ ?
– हाम्रो प्रमुख उद्देश्य जनताको सेवा गर्नु नै हो । हामी जनता प्रति उत्तरदायि छौं । पार्टीलाई लोकन्त्रीक बनाउनका लागि समूह हुन आवश्यक छ । कुनै पनि संस्था भित्र समूह भएन भने त्यहाँ तानाशाह लागु हुन्छ । काँग्रेस लोकतन्त्रका लागि लडेको पार्टी हो । पार्टी भित्रको आन्तरिक निर्वाचनमा समूहगत रुपमा जानुपर्ने कुरा संसारका सबै लोकतन्त्रवादीहरुले आत्मासाथ गरेको कुरा हो । हाम्रो पार्टी नेपाली काँग्रेस भित्र देखिएका समूहहरुलाई मिलाउन सक्ने नेतृत्वको आवश्यकता छ । जाजरकोटमा हामी सबै मिलेर यस जिल्लाका लागि आफ्नो जीवन कालमा केहि योगदान दिनसक्छौं । यसका लागि हामी भित्रको आन्तरिक निर्वाचन भएकाले हार्दिकतापूर्ण तरिकाले महाधिवेशन सम्पन्न हुन्छ । म यसमा पूर्ण रुपमा ढुक्क छु । मुलभूत रुपमा जाजरकोट जिल्लामा भौतिक विकाससँगै मानविय विकासको आवश्यक छ । सामाजिक रुपान्तरण सहितको विकासको नेतृत्व अब काँग्रेसले जाजरकोटमा गर्छ । त्यसका लागि पार्टीको नेताहरुले आआफ्नो तहबाट जिम्मेवारपूर्ण तरिकाबाट लागौं । पार्टी भित्र देखिएका केहि मतभेदहरु अन्त्य हुन्छ, त्यसका लागि हामी बिच सकरात्मक चिन्तनको विकास हुन आवश्यक छ । हामी त्यसका लागि निरन्तर रुपमा एकतामै छौं ।
४. १३ औं महाधिवेशनमा तपाई जिल्ला सभापतिमा उपबिजेता हुनुभयो ? यस पटक पुनः जिल्ला सभापतिको उम्मेद्धवारी घोषणा गर्नु भएको छ ? यसमा तपाईको भनाई के छ ?
– राजनीतिक र सामाजिक जीवनमा बिजय र पराजय स्वाभाविक कुरा हो । नेपाली काँग्रेस जाजरकोटका नेता तथा कार्यकर्ताहरुले १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा मलाई महत्वपूर्ण अभिमत दिनुभयो । निर्वाचनमा गणितले संधै महत्व राख्ने भएकाले म अंकमा केहि प्रतिशत कम भएर उपबिजेता भए । तर पार्टीका नेता तथा कार्यकर्ताहरुले दिएको त्यो अभिमतले पार्टी भित्र काम गर्ने उर्जा र शक्ति मलाई यो बिचको समयमा धेरै मिल्यो । नेपाली काँग्रेस जाजरकोटका आम नेता तथा कार्यकर्ताहरुले १४ औं महाधिवेशनमा आफ्नो पुनः अभिमत दिई पार्टीमा कर्तव्य बोधका साथ कार्यसम्पादन गर्ने जिम्मेवारी दिनुहुनेछ । तपाई आम नेता तथा कार्यकर्ताहरुले दिएको अभिमतलाई शिरमा राखेर आफ्नो कार्यकालमा पार्टी र जनता प्रति इमान्तरिताका साथ काम गर्न प्रतिवद्ध छु ।
५. अन्त्यमा तपाईको सन्देश के छ ?
– नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेपाली काँग्रेस जाजरकोटको पार्टी सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेकोछु । नेपाली काँग्रेस जाजरकोटका नेता तथा कार्यकर्ताहरुले मलाई पार्टी सभापतिका रुपमा कार्यसम्पादन गर्ने जिम्मेवारी दिएको अवस्थामा पार्टीलाई आगामि हुने निर्वाचनमा जाजरकोट जिल्लाका वडा, गाउँ÷नगर, दुई वटा प्रदेश निर्वाचन क्षेत्र र एउटा प्रतिनिधि सभामा पार्टीबाट उम्मेद्धवार बनेका सबै उम्मेद्धवारलाई बिजय गराउने सपना र योजना लिएको छु । त्यसका लागि पार्टीको आन्तरिक संगठन बलियो बनाउँछु, पार्टीलाई चलायमान बनाउँछु, पार्टीले लिएको नीति तथा कार्यक्रम र सिद्धान्त जनताका बिचमा लिन्छु । जिल्ला सभापति भएको अवस्थामा आम नेता तथा कार्यकर्ताहरुलाई पार्टीले गर्ने कामबाट निराश बनाउँदिन् । भरोसायोग्य काँग्रेस निर्माण गर्छु । अन्य पार्टीभन्दा नेपाली काँग्रेसको बिचारलाई एक तह माथि रहने गरी सुस्पष्ट रणनीति लिएको छु । त्यसका लागि जाजरकोट जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई जिल्ला सभापतिका रुपमा मलाई साथ र सहयोग गरिदिन हार्दिक अुनरोध गर्दछु ।

 

Nabintech