१५ चैत्र २०८०, बिहीबार
जापानबाट १६० थान अक्सिजन कन्सनट्रेटरसहित स्वास्थ्य सहायता काठमाडौं आइपुग्यो

  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०७८, बिहीबार १८:२५

मित्रराष्ट्र जापानले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सहायता उपलब्ध गराएको छ । जापानले पठाएको १६० थान अक्सिजन कन्सनट्रेटर सहयोग नेपालले प्राप्त गरेको छ । थप ६ वटा एम्बुलेन्स आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  जापानले उपलब्ध गराएको २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड इमेज जडान गरिएको पनि मन्त्रालयले जनाएको छ । सहायताका लागि परराष्ट्रले जापानलाई धन्यवाद दिएको छ ।

Nabintech