६ बैशाख २०८१, बिहीबार
जीवन ज्योती स्कुलद्धारा खाद्यान्न सहयोग

  • टाइम्स संवाददाता

  • १३ असार २०७८, आईतवार १८:२५

बाँकेको कोहलपुरमा रहेको जीवन ज्योती स्कुलले मेचि महाकालि बुहारी संयुक्त आवाजलाई सहयोग गरेको छ । मेचि महाकालि बुहारी संयुक्त आवाज बाँकेले संचालित कोभिड कोरोना राहात कोषमा २५ बोरा चामल सहयोग गरेको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजले विपन्न तथा एकल महिला, हिंसामा परेका महिला तथा बालबालिका लागि सहयोग पु¥याउँदै आएको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजकी बाँके संयोजक उर्मिला अधिकारी पाण्डेले विभिन्न सहयोगी संघ संस्था, विद्यालयहरुबाट राहात संकलन भई रहेको बताउँदै संकलित राहात महिला र बालबालिकाको सहयोगका लागि खर्च गरिने जानकारी दिएकी छिन् । कोहलपुर–१० मा रहेको जीवन ज्योती स्कुलले विभिन्न राहात कोष तथा कोहलपुर नगरपालिकाको सामाजिक विकास समिति मार्फत लाखौ मूल्यको खाद्य समाग्री, स्वाथ्य सामाग्री एंव पोषणयुक्त खाना वितरण गरेको स्कुलका लेखा प्रमुख कल्याण तिमल्सेनाले जानकारी दिए ।
विद्यालयका प्रिन्सीपल फादर जोमन जेम्सले स्कुलले गुणस्तरीय शिक्षाका साथसाथै विपन्नहरुका लागि विभिन्न खाले सहयोग गर्दै आएको बताएका छन् । स्थापनाको छोटो समयमा गुणस्तरीय शिक्षाका लागि अब्बल रहेको जीवन ज्योती स्कुलले सामाजिक क्षेत्रमा पनि उत्तिकै अग्रसरता देखाउँदै आएको छ । जीवन ज्योती स्कुलले हालसम्ममा कोभिड खाद्य बैंक कोहलपुरमा ५० बोरा चामल, माओवादी केन्द्र कोहलपुरद्धारा संचालित कोरोना राहात कोषमा ३० बोरा चामल, कोहलपुर मेडिकल कलेजमा संचालित सहुलियत खाना खुवाउने कार्यक्रममा दाल तथा गेडागुडी, समाज सेवा संस्था कोहलपुर–१४ हल्दारपुर मार्फत पटक–पटक गरी ८० बोरा चामल, कोहलपुर नगरपलिका समाजिक विकास शाखा मार्फत १ सय ५० बोरा चामल, १ सय २० जनालाई वृद्ध तथा बालबालिकालाई पौष्टीक आहार तथा स्वाथ्य सुरक्षा समाग्रि, माईती नेपाल मार्फत २० परिवारलाई चामल दाल, चिनी तेल लगायतका खाद्य समागी, कोहलपुर नगरपालिकाद्धारा सञ्चालीत कोभिड अस्पतलालाई पटक–पटक पिपिई, अक्सीजन, स्वास्थ्य सामाग्री, ईलाका प्रहरी कार्यालयलाई माक्स सेनेटाईजर र विद्यालयका विपन्न अभिभावकहरु ३ सय ३० जनालाई पनि खाद्य सामाग्रि वितरण गरिएको विद्यालयले जनाएको छ ।

Nabintech