८ बैशाख २०८१, शनिबार
ज्ञानोदय सामुदायिक पुस्तकालयद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

  • टाइम्स संवाददाता

  • १३ भाद्र २०७८, आईतवार १८:३२

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले स्वास्थ्य सामग्री तथा आवश्यक उपकरण हस्तान्तरण गरेको छ । एएसबी जर्मन, रिड नेपालको आर्थिक सहयोग र ज्ञानोदाय साुमदाय पुस्तकालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सामुदायका लागि कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत आईसोलेशन तथा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री तथा आवश्यक उपकरण हस्तान्तरण गरेको हो । कोहलपुर नगरपालिका वडा नं. १५ मा रहेको शम्शेरगञ्ज स्वास्थ्य चौकी, कोहलपुर नगरपालिका वडा नं. ९ मारहेको आधारभूत स्वास्थ्य केन्द्र र कोहलपुर नगरपालिका वडा नं. ९मा रहेको शहरी स्वास्थ्य केन्द्रलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिउका स्वास्थ्य सामग्रीहरुमा ह्यान्ड वासिङ स्टेसन, वासिङमिसन ८.५ केजिको एक, पानी फिल्टर एक थान, हस्पिटल वेड एक थना, वेड सिट ८ थान, डस्विन ठुलो एक थान, डस्विन सानो एक थान, बाल्टी दुई थान, मग दुई थान, मास्क ३५ बट्टा, सेनिटाईजर एक सय एमएल २० थान, ग्लोभ्स २ बट्टा, फेस सिल १० थान, पिपिईसेट १० थान, हुइल चियर एक थान, डिसइन्फेक्ट एक थान, अक्सीजन सिलेन्डर ३ थान लगायतका स्वास्थ्य सामग्रीहरु हस्तारन्तरण गरिएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ७ वडा अध्यक्ष दिपकजंग शाहले कोरोना भाईरसको महामारीमा आवश्यक पर्ने स्वास्थ्य सामग्री रहेको गरको भन्दै धन्यवाद व्यक्त समेत गरेका छन् । कार्यक्रममा बोल्दै ज्ञानोदय सामुदायि पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री वितरण गरेको बताएका छन् । साथै उनले कोरोना भाईरसको महामारीमा पुस्तकालयले आवश्यक सहयोग गरिरहेको जानकारी दिँदै कोहलपुर नगरपालिकाको दुर्गम क्षेत्रका रुपमा रहेको वडा नं. ७, ९, १४ र १५ लाई आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरिइएको बताएका छन् । कोहलपुर नगरपालिका वडा नं. १५ मा रहेको शम्शेरगञ्ज स्वास्थ्य चौकीका प्रमुख लिलाधर बुढाथोकीले स्वास्थ्य चौकीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कोरोना भाईरस महामारीमा सबैले सहयोग गर्नुपर्ने बताएकी छन् । कार्यक्रमको सहजिकरण ज्ञानोदाय पुस्तकालयका शिवध्वज शाहीले गरेका थिए ।

Nabintech