७ बैशाख २०८१, शुक्रबार
ज्ञानोदय सामुदायिक पुस्तकालयद्धारा खाद्यान्न सहयोग

  • टाइम्स संवाददाता

  • १४ भाद्र २०७८, सोमबार १७:४३

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले खाद्यान्न सहयोग रेको छ । एएसबी जर्मनी, रिड नेपालको आर्थिक सहयोग र ज्ञानोदाय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सामुदायका लागि कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. ९ मा रहेका न्यून आए भएका तथा अपाङ्गता भएका कोभिड ४० घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो । खाद्यान्न सहायोग गरिएको सामग्रीमा एक बोरा चामल, २ केजी दाल, दुई लिटर तेल, १ केजि गेडागुडी, एक प्याकेट नुन, एक प्याकेट मसला, एउटा बट्टा मास्क, दुई वटा साबुन, एक बोतल आधा लिटर सेनिटाईजर र एक पिस थर्मो मिटर लगायतका सामग्री उपलब्ध गराईएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले बताएका छन् । साथै उनले कोरोना भाईरसको महामरीका कारण आर्थिक रुपमा कमजोर वर्गमा खाद्यान्न अभाव भईरहेको बेला पुस्तकालयले आफ्नो सामाजिक उत्तरादायित्व अन्तर्गत नगरभित्रका आर्थिक रुपमा कमजोर र अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरेको बताएका छन् । पुस्तकालयले कोरोना भाईरसको महामारीको पहिलो लकडाउबाटै आर्थिक रुपमा कमजोर भएका परिवारलाई खाद्यान्न सहयोग, विभिन्न समयमा स्वास्थ्य सामग्रीहरु वितरण लगायतका अन्य थुप्रै कार्यहरु गर्दै आईरहेको बताएका छन् । साथै पुस्तकालयले आईतबार कोहलपुर नगरपालिका वडा नं. १५ मा रहेको शम्शेरगञ्ज स्वास्थ्य चौकी, कोहलपुर नगरपालिका वडा नं. ९ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र कोहलपुर नगरपालिका वडा नं. ९ मा रहेको शहरी स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पछिल्लो समय करिब ७ लाख बराबारको स्वास्थ्य सामग्री, खाद्यान्न सहयोग पुस्तकालयले गरेको अध्यक्ष भट्टराई बताउँछन् ।

सो खाद्यान्न सहयोग कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ठाकुर प्रसाद थारुले कोरोना भाईरस महामारीको समयमा आर्थिक रुपमा पछाडि परेको परिवारलाई खाद्यान्न अभाव भईरहेको बेला पुस्तकालयले गरेको सहयोगले केहि राहत पुग्ने बताएका छन् । साथै उनले पुस्तकालय जस्ता सामाजिक कार्य गर्ने संघसंस्थाहरुले गरेका यस्ता कार्यले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगािम दिनहरुमा पनि सहयोग गर्न अनुरोध गरेका छन् । पुस्ताकालयका स्वास्थ्य परामर्शता देवेन्द्र केसीले कोरोना भाईरस बारेमा जानकारी दिँदै भाईरसबाट बच्नका लागि मास्क लगाउनुपर्ने, साबुन पानीले हात धुनुपर्ने लगायत स्वास्थ्य सम्बन्धी परामर्श दिएका थिए । कार्यक्रमको सहजिकरण ज्ञानोदाय पुस्तकालय सामुदायका लागि कोभिड–१९ प्रतिकार्य परियोजनाका फोकल पर्सन शिवध्वज शाहीले गरेका थिए । साथै उनले पस्तालयकाले सामुदायका लागि कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत कोहलपुर नगर भित्रका ६० घरपरिवारलाई खाद्यान्न सहयोग र स्वास्थ्य सामाग्री उपलब्ध गराईएको बताएका छन् । साथै उनले सामुदायका लागि कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत कोरोना भाईरसका बारेमा स्वास्थ्य परामर्श दाताले निःशूल्क सामुदायमै गएर कोरोना भाईरसका बारेमा सेचतना तथा आवश्यक परामर्श दिईरहेका जानकारी दिएका छन् ।

Nabintech