६ बैशाख २०८१, बिहीबार
टोकियो ओलम्पिक : महिला फुटबलमा क्यानडालाई स्वर्ण पदक

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०७८, शनिबार ०७:००

टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलतर्फ क्यानडाले स्वर्ण पदक जितेको छ । जापानकाे योकोहामामा भएको फाइनलमा दुवै टिमले निर्धारित र अतिरिक्त समयमा एक/एक गोल गरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । खेलकाे ३४ औं मिनेटमा स्वीडेनले अग्रता लिएको थियो ।  सेटिना ब्ल्यास्टेनिसले गोल गर्दै स्वीडेनलाई सुरुआती अग्रता दिलाएकी थिइन् । स्वीडेनले त्यही अग्रता पहिलो हाफमा कायम राखे पनि दोस्रो हाफमा जोगाउन असफल रहेको थियो । जारी ओलम्पिकमा क्यानडाको यो सातौं स्वर्ण पदक हो ।  टाेकियाे ओलम्पिकमा शीर्ष स्थानमा रहेकाे चीनले अहिलेसम्म ३६ स्वर्ण, २६ रजत, १७ कास्यसहित ७९ पदक जितेकाे छ । यस्तै दाेस्राे स्थानमा रहेकाे अमेरिकाले ३१ स्वर्ण, ३६ रजत, ३२ कास्यसहित कुल ९९ पदक  जितेकाे छ भने २४ स्वर्ण, ११ रजत, १६ कास्यसहित ५१ पदक जितेकाे जापान तेस्राे स्थानमा रहेकाे छ ।

Nabintech