८ बैशाख २०८१, शनिबार
तीन हजार सात जनामा सङ्क्रमण पुष्टि, ३७ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २१ श्रावण २०७८, बिहीबार १७:२७

पछिल्लो २४ घण्टामा तीन हजार सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८७० आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार ५३८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १२ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९४ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech