८ बैशाख २०८१, शनिबार
तीन हजार ५४० थपिए, आठ हजार २४३ कोरोनामुक्त, ६८ को मृत्यु

  • टाइम्स संवाददाता

  • २२ जेष्ठ २०७८, शनिबार १८:२५

नेपालमा एकैदिनमा कोरोनामुक्त हुने संख्या अहिले सम्मकै सबैभन्दा उच्च दत्र्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार २४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा आठ हजारभन्दा बढी कोरोनामुक्त भएसँगै नेपालमा हालसम्म चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८५ हजार १०० पुगेको छ । पछिल्लो चौबीस घण्टामा ११ हजार ४७१ नमूना परीक्षण गरिएको छ । सोही अबधिमा पाँच हजार ३४३ एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ५०२ को रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार ७९९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Nabintech