१३ बैशाख २०८१, बिहीबार
तीन हजार ९७५ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २० श्रावण २०७८, बुधबार १६:५१

पछिल्लो २४ घण्टामा तीन हजार ९७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५४ आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, आठ हजार ९८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा १३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५३५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech