१५ चैत्र २०८०, बिहीबार
थप एक हजार ३९१ सङ्क्रमण पुष्टि, तीन हजार ४५१ जना निको

  • टाइम्स संवाददाता

  • १८ असार २०७८, शुक्रबार १७:०३

पछिल्लो २४ घण्टामा थप एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चारहजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १७९ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech