१६ चैत्र २०८०, शुक्रबार
थप एक हजार ४८८ सङ्क्रमित, एक हजार ७४३ निकाे, २० काे मृत्यु

  • टाइम्स संवाददाता

  • २१ भाद्र २०७८, सोमबार १७:११

नेपालमा कोरोनाभाइरसका एक हजार ४८८  जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ७० हजार ७५९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.५७ प्रतिशत  छ । मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ७४३ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म सात लाख २८ हजार ९२८ जना कोरोनामुक्त भएका छन् । गएको चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८५८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयले हाल नेपालमा ३० हजार ९७३ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ । नेपालमा २६० जना क्वारेन्टिनमा छन् ।

Nabintech