१६ चैत्र २०८०, शुक्रबार
थप एक हजार ५०९ सङ्क्रमित, तीन हजार ८५३ सङ्क्रमणमुक्त

  • टाइम्स संवाददाता

  • १४ असार २०७८, सोमबार १६:५५

पछिल्लो २४ घण्टामा थप एक हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमित क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, चारहजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ८५३  छ । नेपालमा हालसम्म छ लाख ३५ हजार १८८ जनामा कोरोना भाइरस सङ्क्रमित भएका छन् । पाँच लाख ८८ हजार १८७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले ३७ हजार ९५० जना सक्रिय सङ्क्रमित छन् । अहिले देशभर ३५७ जना क्वारेन्टाइनमा छन् । यस्तै, पछिल्लाे २४ घण्टामा ४२ जना बिरामीकाे मृत्यु भएको छ । याेसँगै अहिलसम्म नाै हजार ५१ जनाको मृत्यु भएको छ ।

Nabintech