१३ बैशाख २०८१, बिहीबार
थप एक हजार ६१९ सङ्क्रमित, एक हजार ८४६ निकाे, १६ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७८, बिहीबार १६:३४

पछिल्लो २४ घण्टामा एक हजार ६१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६५८ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यस्तै, तीन हजार ९९२ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८५ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा एक हजार ८४६ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.१६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७८६ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । सकृय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन् । नेपालमा ११ हजार सात सय जनाले काेराेना विरुद्धको खाेप लगाएका छन् ।

Nabintech