७ बैशाख २०८१, शुक्रबार
थप ८३५ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २ आश्विन २०७८, शनिबार १७:२९

पछिल्लो २४ घण्टामा नेपालमा ८३५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ५४० आरटीपीसीआर परीक्षण गरिएकोमा ८३५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा दुई हजार ८१८ वटा एन्टीजेन परीक्षण गर्दा २३१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २३४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १७ हजार ३१७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै हालसम्म ६१ लाख ९८ हजार ९३६ जनाले पहिलो मात्रा र ५५ लाख ६१ हजार ८८५ जनाले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै बिहीबारसम्म नेपालमा २५ हजार ८२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ३८९, भेन्टिलेटरमा १२१, होम आइसोलेशनमा २३ हजार ६३६, संस्थागत आइसोलेशनमा एक हजार ४४६ र क्वारेन्टाइनमा २४६ जना उपचाररत रहेका छन् ।

Nabintech