१५ चैत्र २०८०, बिहीबार
थारु जाति इमान्दार र कडा मेहनती हुन्छ : पूर्व मन्त्री दहित

  • टाइम्स संवाददाता

  • २६ श्रावण २०७८, मंगलवार १७:२६

थारु जाति इमान्दार र कडा मेहनती हुन्छ : पूर्व मन्त्री दहित

नेपालका थारु जातिहरु इमान्दार र कडा मेहनती भएको पूर्व मन्त्री गोपाल दहितले बताएका छन् । बाँकेको कोहलपुरमा श्री सिद्धार्थ एकीकृत समाज विकास केन्द्र रझेनाको आयोजनामा बरघर प्रणाली संरक्षण, प्रर्वधन र विकास गर्न बनेको ऐनको प्रभावकारी कार्यान्वयन बारे अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले थारु जाति ईमान्दार, कडा मेहनती र भूमि पुत्र भएको बताएका छन् । साथै उनले थारु समाजमा निकै प्रभावकारी मानिने संगठन बरघर प्रणाली भए पनि विभिन्न कारणले लोप हुने खतरामा रहेको बताउँदै बरघरको कानूनी मान्यता पाउनका लागि विगत २ दशकदेखि संघर्षरत रहेको बताएका छन् । साथै उनले नयाँ संविधानमा थारुको पहिचान, थारु आयोग, बरघर, मुक्त कमैया, कमलही आदिको व्यवस्था भएको बताउँदै कोहलपुर नगरपालिकाले पनि बरघर प्रणालीलाई मान्यता दिएको भन्दै उपप्रमुख सञ्जु कुमारी चौधरी लगायत थारु सामुदायका जनप्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेका छन् । थारुको पहिचान र अस्तित्व जगेर्ना गर्न, थारुको एकता र मजबुटी, पहिचानको संरक्षण, विकास र समृद्धि, सामाजिक न्याय र राजनैतिक एकताका लागि बरघर प्रणालीको महत्व रहेको उनले बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले थारु जातिको पहिचान, अधिकार र न्यायमा बाह्य आक्रमढा विरुद्ध एक हुने अवसरलाई आत्मासाथ गर्दै कोहलपुर नगरपालिकाले बरघर प्रणालीलाई कानूनी मान्यता दिएको बताएकी छिन् । साथै उनले कोहलपुर नगरपालिकामा रहेका बरघर प्रणाली संरक्षण, प्रवद्र्धन र विकास गर्न बनेको ऐन २०७८ कोहलपुर नगर सभाबाट २०७७ पौष २५ गते पारी भई २०७८ असार ३० मा कोहलपुर राजपत्रमा प्रकाशित भएको बताएकी छिन् । यसका साथै बरघर प्रणालीको अभ्यास प्रचलनमा रहेको गाउँको विकास निर्माण कार्य, गाउँमा शान्ति सुव्यवस्था, आपसी सहयोग, सहकार्य एकता र सामुहिक पद्धतिलाई कायम गर्न बरघर प्रणालीलाई अझै सशक्त र प्रभावकारी बनाउन आवश्यक भएकाले बरघरप्रणालीलाई कानूनी मान्यता दिईएको बताएकी छिन् । कार्यक्रममा थारु सामुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

 

Nabintech