६ बैशाख २०८१, बिहीबार
दाङका कोरोना संक्रमितको बाँकेमा निधन

  • टाइम्स संवाददाता

  • ४ बैशाख २०७८, शनिबार ०८:४०

बाँकेको भेरी अस्तापलमा दाङका एक जनाको निधन भएको छ । बाँकेमा आज बिहान थप एक जना बाहिरी जिल्लाको संक्रमितको मृत्यु भएको छ । योसंगै बाँकेमा बाहिर जिल्लाका संक्रमितको मृत्यु हुने संख्या ९४ पुगेको छ । नारायणपुर–११, दाङ निवासी ३७ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगंजमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछी चैत्र २६ गते नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरि उपचार गर्दा गर्दै आज बिहान १ बजेर २७ मिनेटमा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

Nabintech