१६ चैत्र २०८०, शुक्रबार
दुई हजार ३८२ थपिए, छ हजार २९५ कोरोनामुक्त, ६१ को मृत्यु

  • टाइम्स संवाददाता

  • २९ जेष्ठ २०७८, शनिबार १६:५५

नेपालमा कोरोनाभाइरसका दुई हजार ३८२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ५०६ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३८२ मा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख छ हजार ७७८ पुगेको जनाएको छ । एन्टीजेन बिधिबाट पोजेटिभ भएका सङ्क्रमितको संख्या १९ हजार ७५७ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार २९५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २७ हजार १११ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८६.९ प्रतिशत पुगेको छ ।  मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार ३६६ जनाले ज्यान गुमाएका छन् ।

Nabintech