१३ बैशाख २०८१, बिहीबार
दुई हजार ४३० जनामा सङ्क्रमण पुष्टि, २५ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २२ श्रावण २०७८, शुक्रबार १७:५४

पछिल्लो २४ घण्टामा दुई हजार ४३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ४९३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार १८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार २९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८८५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै दस हजार १९ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९३.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech