१६ चैत्र २०८०, शुक्रबार
दुई हजार ७२६ जनामा सङ्क्रमण पुष्टि, एक हजार ७७८ सङ्क्रमित निको

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७८, मंगलवार १६:३४

पछिल्लो २४ घण्टामा दुई हजार ७२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ८४३ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७७८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७५८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech