७ बैशाख २०८१, शुक्रबार
दुई हजार ७३६ जनामा सङ्क्रमण पुष्टि, दुई हजार ११८ जना निको भए

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०७८, शुक्रबार १९:०४

पछिल्लो २४ घण्टामा दुई हजार ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ७०८ जनामा  गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार ८७४ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ११८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै दश हजार २३९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा तीन लाख ६७ हजार ३४१ जनाले खाेप लगाएका छन् । नेपालमा अहिले ३८ हजार ७९८ जना सक्रिय सङ्क्रमित छन् ।जसमा ७३६ जना सघन कक्षमा र १८५ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

Nabintech