१६ चैत्र २०८०, शुक्रबार
धातुको बुद्ध मूर्तिसहित बर्दियाबाट पाँचजना पक्राउ

  • टाइम्स संवाददाता

  • ३ भाद्र २०७८, बिहीबार १६:०६

प्रहरीले धातुको बुद्ध मूर्तिसहित पाँचजनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मूर्तिसहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका–१ बस्ने ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका–९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ बस्ने ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् । उक्त गेष्ट हाउसमा पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मूर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
त्यस्तै तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार मेट्रिक टन केराउ (मटर) प्रहरीले बर्दियामा नियन्त्रणमा लिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको बर्दियाका एसपी इश्वर कार्कीले बताए । तस्करहरुले सो केराउ ८ वटा साइकलमा राखेर भारततर्फ लगिरहेका थिए । साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि संलग्न व्यक्तिहरु साईकल छोडी भागी फरार भएका छन् । नियन्त्रणमा लिइएको बरामद केराउसहित गरी आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया पठाइएको प्रहरीले जनाएको छ ।

Nabintech