८ बैशाख २०८१, शनिबार
नरभक्षी बाघ नियन्त्रणमा लिनै मुस्किल

  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०७८, सोमबार १६:४६

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा मान्छे खान पल्किएको बाघ नियन्त्रणमा लिनै मुस्किल परेको छ । बाघलाई खोज्न एक हप्तादेखि हात्ती परिचालन गरिएको छ ।

बाघलाई नियन्त्रणमा लिन आहार भैँसीको पाडा राखिएको छ । तर पाडा राखिएको नौं दिन वितिसक्दा समेत बाघले खाएको छैन् । हात्तीको सहायताले बाघको खोजी गरिए पनि अहिलेसम्म फेला नपरेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।

 

बाघले मान्छेलाई आक्रमण गरेको ठाउँमा पाडा राखिएको छ । हात्तीलाई हरेक दिन तीन–चार पटक जंगल पठाउने गरिएको छ । बाघ खोज्ने क्रममा बाघ हिड्ने बाटो फेला परेको बन हेरालु अयोध्या थारुले बताए ।

उनले बाघको ताजा पाइला भेटिए पनि बाघ अहिलेसम्म फेला नपरेको बताए । बाघको आक्रमणबाट राप्तीसोनारीमा मात्रै पाँचजनाको मृत्यु भइसकेको छ ।

Nabintech